top of page
Search

"बनझाक्री"

  • Writer: Travelwithkhungba
    Travelwithkhungba
  • Apr 23, 2020
  • 1 min read

ree

तामाङ् भाषामा "लोङ्ङेय्" भनिन्छ भने खस-नेपाली भाषामा "बनझाक्री" भनिदो रहेछ।सानामा गाउ-घरमा आमा,हजुर आमाहरुले भन्नु हुन्थ्यो,बच्चा भएर् एकलै नहिड,लोङ्ङेय्(बनझाक्रि)ले लान्छ भनेर्।म सानो छदा २-४ जना महिला र बाल-बलिकाहरु लोङ्ङेय(बनझाक्रि)ले लाग्यो रे भनेर् सुने,२-४ दिन पछि प्रया तिनिहरु फर्केर् अौने गरेको सुने,कोहि लाटा-लाटि जस्तो भएर् अौने र कति जना त केहि दिन पछि मर्यो भनेर् पनि सुन्थे।तिनिहरुलाइ बनझाक्रि(लोङ्ङेय)ले पहाडको कुनामा रहेका छागाहरु मुनिको ओढरहरुमा बस्ने गरेको र गङगडा,स-साना माछाहरु खुवाएको र खाएर् तिनिहरुले जिबिका चलाउने गरिन्छ भन्नु हुन्थ्यो---।त्यसको बच्चाहरुले उनिहरुको ओढरमा लगेको ब्यक्तो हात-खुट्टहरु काटेर दिनु खान्छु भनेर् उसको बच्चाहरुले माग्दा बनझाक्रि आमा चाहिले हुदैन,उसको बुवा-आमा रुन्छ भनेर् बचाउ गर्थे रे त्यो लागेको ब्यक्तिको नाक,कान,आखाहरु साफा गरि दिने र कपाल नुहाइधुवाइ गरेर् बाडि पनि दिन्थ्यो रे भने सुन्थ्यो,यो बन्झाक्रि (लोङ्ङेय) शामन-झाक्रिहरुको गुरु हो रे,यसले लागेका बाल-बलिकाहरु बाच्यो भने ठु-ठुलो

नामी धामि-झाक्री सम्म पनि हुन सक्छ आरे भनी सुनेका थिए।

गाउ घरमा बुढी बाजे-बज्युहरु भन्नु हुन्थ्यो,यो बनझाक्रि(लोङ्ङेय)को ठु-ठुलो दनाबको जस्तो दात,पखुरा,तिख्रा र महिला बैंकझाक्रि(लोङ्ङेय)को त तल सम्म झोलिने ठु-ठुलो दुधहरु भएकोले- उसले लखेट्दा माथि उकालोतिर दौडिने होइन,यसो गर्दा उसले आफ्नो दुध काधमा राखेर् दौडिन्छ र सझिलै भेट्छ,तल ओरालोतिर भाग्नु पर्छ,त उसको दुधहरु ठु-ठुलो भएकोले उसलाई तल ओरालोमा दौडिन गार्हो हुन्छ भनेर कथाहरु सुनाउनु हुन्थ्यो। के यो यतिको कथा जस्तै दन्त्य कथा मात्रा हो कि? बनझाक्रि(लोङ्ङेय) भन्ने ब्यक्ति(बस्तु) ईतिहासको कालखन्डमा थिए वा थिएन? र अहिले छ वा छैन? होला।यो एक जिज्ञासाको बिषय छ।यसमा तपाईंहरुको प्रतिकृया के छ?


Just for Information : Copied from Facebook

 
 
 

Comments


VisitwithKhungba2019

  • White Facebook Icon
  • White Instagram Icon
bottom of page